Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


पोखरामा कांग्रेस–माओवादीबीच चुनावी तालमेल, प्रचार–प्रसारमा सँगै जाने सहमति


0
Shares

कांग्रेस र माओवादी केन्द्रले आपसमा सहयोग गर्दै चुनावी प्रचार–प्रसारमासमेत सँगै जाने सहमति गरेका छन् ।

कांग्रेसको तर्फबाट कास्की कांग्रेसका सभापति कृष्ण केसी र माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष दीपक कोइरालाले मंगलबार संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार पोखरा–लेखनाथ महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रले कांग्रेसका रामजी कुँवरलाई सघाउने छ भने अरु पदमा दुबै दलका आ–आफ्ना उम्मेदवार रहेका छन् ।

सहमतिलाई अक्षरश पालना गर्ने माओवादी केन्द्रका कास्की अध्यक्ष दीपक कोइरालाले बताए ।