
उम्मेदवारहरु घर–घरमा पुगेर मत मागिरहेका छन् भने मतदाताहरु पनि उत्साहित छन् ।
यतिबेला कीर्तिपुरका घर, पाटीपौवालगायतका ठाउँ पोस्टर, ब्यानर झन्डा र तुलले रंगिएका छन् ।
६५ हजार ६ सय २ जना मतदाता रहेको कीर्तिपुरको मेयरमा कांग्रेसबाट राजकुमार नकर्मी, एमालेबाट रमेश महर्जन, माओवादी केन्द्रबाट हिराबहादुर महर्जन, राप्रपाबाट बच्चुराम श्रेष्ठ, संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट धुव्र बस्नेत र केही स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
चुनावी प्रचारमा भेटिएका उम्मेदवारहरुले कीर्तिपुरलाई सफा, सुन्दर र आत्मर्निभर नगरकोरुपमा स्थापित गर्नु नै आफूहरुको मुख्य एजेन्डा भएको बताएका छन् ।
कीर्तिपुरबासीले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । बाघभैरव मन्दिर क्षेत्रको बस्तीमा ट्यांकरको पानी किनेर खानुपर्ने नियति बनेको छ ।
पानीको समस्या हल गर्नसक्ने पार्टीका उम्मेदवारलाई जिताउने आफूहरुको चाहना रहेको कीर्तिपुरवासीको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्