
केही दिन यता पानी परिरहेकाले मोटरबाटो नपुगेका रुवी भ्याली गाउँपालिकाको लापा, सेर्तुङलगायतका मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी मतदान अधिकृतसहित मतपत्र र मतपेटिका पठाउन थालिएको हो ।
पानी परिरहेकाले मतदान केन्द्रसम्म मतदान अधिकृत र मतपेटिका पुर्याउन कठिनाई भएकाले हेलिकोप्टर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
मुख्य निर्वाचन कार्यालयले कर्मचारीलाई नियुक्तिपत्र र निर्वाचन खर्च दिएर गाउँ पठाउन सुरु गरेको हो ।
धादिङमा २ सय ५२ मतदान केन्द्र छन् । निर्वाचनमा १५ सय ६ जना कर्मचारी खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्