
यसै अवसरमा कान्तिबाल अस्पतालले बुधबार राजधानीमा प्रभातफेरीको आयोजना गर्यो । लाजिम्पाटबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमापछि कान्तिबाल अस्पतालमै पुगेर समापन भएको थियो ।
नेपालमा १० बालबालिकामध्ये एकजनामा बालदम रहेको हुनसक्ने एक तथ्यांकले देखाएको छ ।
पछिल्लो समय बाटो विस्तारका कारण बढिरहेको धुलो र प्रदूषणले दमरोगीको संख्या बढ्दै गइरहेको विज्ञहरुको भनाइ छ ।
समयमै दमरोगको लक्षण देखापरेमा परामर्श गरी सही उपचार गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्