भक्तपुर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्ष एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।
आज भक्तपुरमा आयोजित हनुमन्ते सफाई अभियानको कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिको अभियानमा सबै दल, वर्ग, धर्म, लिंङ्ग र समूदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको बताए ।
अध्यक्ष दाहालले सफाई अभियानले नयाँ सभ्यताको विकास गरेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरसफाई अभियान अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
हनुमन्ते सफाई अभियान ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा मध्यपुर थिमि राधेराधेदेखी सल्लाघारीसम्म वाकाथुन गरिएको थियो भने सल्लाघारी चोकमा राष्ट्रिय झण्डा फहराइएको थियो ।









प्रतिक्रिया दिनुहोस्