२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


मतदाता परिचयपत्र वितरण हुँदैछ, तपाइँले लिनुभयो ? (भिडियोसहित)


0
Shares

पहिलो चरणमा हुने तीन प्रदेशका स्थानीय तहको निर्वाचनका लागि आयोगले मतदातालाई मतदाता परिचयपत्र दिन थालेको हो ।

आगामी आइतबार हुने चुनावका लागि मतदान केन्द्रहरुमा खटिएका आयोगका कर्मचारीहरुले बिहीबार बिहानदेखि २८३ ओटै तहमा परिचयपत्र वितरण गर्न सुरु गरेका हुन् ।

बिहान ७ बजेदखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण भइरहेको छ भने शनिबार साँझसम्म योक्रम जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

तर, मतदाताले भने परिचयपत्र लिन सजिलो नभएको गुनासो गरेका छन् ।

केही मतदाताले भने सहजरुपले परिचयपत्र पाएको बताएका छन् ।

आयोगका कर्मचारीहरुले भने मतदाता परिचयपत्र वितरण सहज र उत्साहपूर्णरुपले भइरहेको दाबी गरेका छन् । उनीहरुले चुनावप्रति मतदाता उत्साही रहेको बताएका छन् ।

आयोगले परिचयपत्र वितरणसँगै मतदानको तरिका पनि सिकाउने भने पनि त्यसो गरेको भने पाइएको छैन ।

त्यसो त काठमाडौं महानगरपालिकाकै अधिकांश मतदान केन्द्रमा भेटिएका सर्वसाधारणले मतदाता शिक्षा आफूहरुले थाहा नपाएको बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।