
डा. कास्टानेडाकाअनुसार पहिलो चरणको शल्यक्रिया गत मंगलबार गरिएको हो । अब दोस्रो चरणको शल्यक्रिया गरेपछि उनको तौल साधारण हुनेछ ।
उनले भने–‘अहिले फ्रान्कोको आधा तौलमात्रै घटेको छ, हामीले विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौं, आशा गरौं दोस्रो शल्यक्रिया पनि सफल हुनेछ ।’
चिकित्सकहरुले पहिलो चरणको शल्यक्रिया शफल भएपनि उनको शरीरमा कस्तो परिवर्तन तथा समस्याहरु देखिन्छ भनेर केहि समय पर्खाुपर्ने बताएका छन् ।
फ्रान्कोको उपचार सकरात्मक हुँदै गए आगामी नोभेम्बरमा दोस्रो चरणको शल्यक्रिया गर्ने अस्पतालले जानकारी दिएको छ ।
डा. कास्टानेडाले बिरामीको शारीरिकभन्दा मानसिक अवस्था तथा खानपानको व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने बताए । अन्यथा सबै मेहनत विफल हुने बताउँछन् उनी ।
फ्रान्कोलाई यसअघि नै चिकित्सकहरुले धेरैमात्रामा तौल घटाउनुपर्ने भएकाले मधुमेह तथा रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्न सल्लाह दिएका थिए ।
मेक्सिकोमा म्यानुएल उरिवे नाम गरेका व्यक्तिको तौल ५९७ केजी भएर सन् २००७ मै विश्व कीर्तिमान राखेका थिए ।
उनको मृत्यु गत वर्ष भएपछि संसारकै सबैभन्दा मोटो व्यक्तिको कीर्तिमान फ्रान्कोको नाममा रहेको छ ।
तर, उनले शल्यक्रियाबाट आफ्नो तौल घटाउन उपचार सुरु गरेपछि उनको कीर्तिमान गुम्नेछ ।
यसअघि, संसारकै सबैभन्दा मोटी इजिप्टिसिएन महिला एमन अहमेद अब्दुल एइ एटेले भारतमा आएर सफल शल्यक्रियामार्फत् आफ्नो तौल घटाएकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्