
उनलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ ।
वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडासदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।
रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए ।
त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भइ जेठ २ गतेका लागि मतदान तोकिएकाले मौनअवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
उनकाअनुसार मतदानको दिनको ४८ घन्टाअघिसम्म उक्त वडामामात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ ।
सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ ।
जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिममा पुगेको र मतदान केन्द्रमा बुथ बनाउने काम तीव्र भएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्