
निर्वाचन आयोगले मत बदर नहोस् भन्नाका लागि मतदानको तरिकाबारे आममतदातालाई शिक्षा दिनेक्रम जारी छ ।
तर, शुक्रबार हामी राजधानीका विभिन्न ठाउँमा पुग्दा अधिकांश मतदातामा मतदानको तरिकाबारे अन्योल रहेको पाइयो ।
मतदान गर्न दुई दिनमात्र बाँकी रहँदा मतदाताहरु भन्छन्–‘मतदान गर्ने दिनमै मतदानस्थालमै गएर मतदाता शिक्षकहरुसँग सोधेर मत खसाल्नु पर्ला !’
‘कसरी मतदान गरेको मत सदर हुन्छ ? कतिजनालाई मत खसाल्नुपर्छ ?’ जस्ता विषयमा पूर्ण जानकारी नभएको भन्दै मतदाताहरु मतदान केन्द्रमै खटिएका स्वंयसेवकहरुसँग बुझेर मत खसाल्ने मनस्थितिमा देखिन्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्