Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकारको एक वर्ष जनता झुक्काउने र ढाँट्नेमै बित्यो : देउवा


0
Shares

भक्तपुर, फागुन ३ । नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षसम्म जनतालाई ढाँट्ने काममात्र गरेको आरोप लगाएका छन् ।

शुक्रबार भक्तपुर कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै देउवाले सरकारको एक वर्ष जनता झुक्काउने र ढाँट्नेमै बितेको बताए ।

कांग्रेसको इतिहास सम्झाउँदै उनले लोकतन्त्रमाथि प्रहार गर्नेहरुलाई कांग्रेसले पाखा लगाउने चेतावनीसमेत दिए ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमामात्र बजेटको ओइरो लगाएर पक्षपातपूर्ण व्यवहार गरेको आरोप पनि देउवाले लगाए ।

कार्यक्रममा कांग्रेस नेताहरु, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले बोलेका थिए ।