
शुक्रबार काठमाडौंमा गरिएको साक्षात्कारमा गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन सुरक्षाको सम्पूर्ण व्यवस्था पूरा गरिएको जानकारी दिए ।
उनले निर्वाचनमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरे ।
गृहसचिव रेग्मीले सम्पूर्ण मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको बताए ।
दुर्गम र पहाडी क्षेत्रका मतदाताको सुरक्षाका लागि सुरक्षा गस्तीटोलीसमेत परिचालन गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे ।
उनले मतदानमा सक्रियतापूर्वक सहभागी हुन आह्वानसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्