Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


गोदावरी नगरपालिकाको एक वडा र वाग्मती गाउँपालिकाको दुई वडामा कांग्रेस विजयी


0
Shares

अन्तिम मत परिणामअनुसार कांग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसको समूह विजयी भएको छ । कांग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि कांग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका विजय लोले ४८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन् । (रासस)

Skip This