
बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ ।
त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ ।
बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी भएका छन् । वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । वडाध्यक्षमा एमालेको लक्ष्मण बस्ताकोटीले ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी भएका हुन् ।
त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाएकी छन् महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।
पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।
बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्