३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


ललितपुरमा एमाले–राप्रपा गठबन्धनमा घात ! एमालेका मेयरले २,६२५ पाउँदा राप्रपाका उपमेयरलाई १,२७२ मत


0
Shares

                                              प्रतीकात्मक तस्वीर

महानगरको वडा १ र २ को अन्तिम मत परिणामअनुसार ब्यञ्जनकारले दुई हजार ६ सय २५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दुई हजार १ सय ७७ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले ८ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसकी गीता सत्यालले एक हजार ४ सय ३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार २ सय ७२ मत प्राप्त गरेका छन् ।

वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले र राप्रपाले सो महानगरमा गठबन्धन गर्दै मेयरमा एमालेका ब्यञ्जनकार र उपमेयरमा राप्रपाका प्रधानलाई उम्मेदवार बनाइएको थियो ।

एकै गठबन्धनबाट एमालेका मेयरले २,६२५ पाउँदा उपमेयरले भने १,२७२ मतमात्र पाएका हुन् ।