३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


रामेछापमा कांग्रेस ५, एमाले ४ र माओवादी केन्द्र ३ वडामा विजयी


0
Shares

त्यसैगरी, नेकपा एमालेले ४ ओटा वडा र माओवादी केन्द्रले ३ वडामा विजय प्राप्त गरेको छ ।

कांग्रेस उम्मेदवार उमाकुन्ड गाउँपालिका वडा नम्बर १ मा नोर्वु शेर्पा, गोकुलगंगा–१ मा मणिकुमार लामा, मन्थली–२ मा तरणीशंकर अधिकारी, मन्थली नगारपालिका–३ मा केशव रोका र लिखु गाउँपालिका–२ मा पदमबहादुर तामाङ वडाध्यक्ष पदमा विजयी भएका हुन् ।

त्यसैगरी, एमाले उम्मेदवार रामेछाप नगरपालिका १ मा नरबहादुर थापा, लिखु गाउँपालिका–१ मा निंगमार तामाङ, गोकुलगंगा गाउँपालिकामा शेखरमान श्रेष्ठ र दोरम्बा गाउँपालिका–१ मा ढालबहादुर राना विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार मन्थली नगरपालिका–१ मा नारायणदाश श्रेष्ठ, वडा नम्बर–५ बाट रामबहादुर कार्की र खाँडादेवि गाउँपालिका–१ मा विष्णुकुमार श्रेष्ठ विजयी भएका छन् ।

मन्थली नगरपालिका–३ मा कांग्रेसको पूरै प्यानल विजयी भएको छ भने वडा नम्बर–२ मा मिश्रित मतपरिणाम आएको छ ।

रामेछाप नगरपालिका–१, लिखु गाउँपालिका–१ र गोकुलगंगा–१ मा एमालेको पूरै प्यानल निर्वाचित भएको छ भने खाँडादेवी–१ मा माओवादी केन्द्रको प्यान पूरै विजयी भएको छ ।

मतगणना जारी रहेको मन्थली नगरपालिमा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार तारानारायण श्रेष्ठले २ हजार २ सय ५४ मतसहित ‘लिड’ गरिरहेका छन् भने नेकपा एमालेका रमेशकुमार बस्नेतको २ हजार २ सय ३४ र कांग्रेसका विनोद कार्कीको १ हजार ७ सय ४० मत आएको छ ।

त्यसैगरी, रामेछाप नगरपालिकामा नेकपा एमालेका मयेर पदका उम्मेदवार रोशन पाख्रिनले ८७३ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका नरबहादुर थापामगरको ५३२ र माओवादी केन्द्रका शिशिर खड्गीको ३८६ मत रहेको छ ।