
सो गाउँपालिकाको वडा नम्बर–१ मा राजु आले तामाङ र वडा नम्बर–२ मा दिनेश लामा विजयी भएका छन् ।
तामाङले ३१० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा नम्बर–२ मा दिनेश लामाले ३०० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गरेका छन् ।
जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्र अग्र स्थानमा छ ।
सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली कांग्रेसका रकमसिं घलानले ३६४ र नेकपा एमालेका राजकुमार कुँवरले १०६ मत प्राप्त गरेका छन् । वडा नम्बर–१ र २ को मतगणना सम्पन्न भएको छ ।
प्राप्त परिणामअनुसार वडा नम्बर–१ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरेका छन् ।
सो वडाको महिलासदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् ।
त्यस्तै, वडा नम्बर–२ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गरेका छन् ।
वडासदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् ।
दुबै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्