१ असार २०८२, आइतबार | Mon Jun 16 2025


सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिस्पर्धा


0
Shares

२९ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले सात र राप्रपाले एउटा वडा जितेका छन् ।

जिल्लामा विजयी भएकामा मेलम्ची नपा–१ एमाले, बलेफी गापा–१ एमाले, बाह्रबिसे नपा–१ कांग्रेस, हेलम्बु गापा–१ कांग्रेस, मेलम्ची नपा–२ एमाले, चौतारा नपा–३ एमाले, जुगल गापा–१ एमाले, चौतारा नपा–४ माओवादी केन्द्र, चौतारा नपा–२ राप्रपा, बलेफी गापा–२ मा कांग्रेस विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी, बलेफी गापा–३ माओवादी केन्द्र, चौतारा नपा–१ एमाले, भोटेकोसी गापा–१ कांग्रेस, हेलम्बु गापा–२ एमाले, लिसङ्खुपाखर गापा–१ माओवादी केन्द्र, लिसङ्खुपाखर गापा–२ एमाले, लिसङ्खुपाखर गापा–३ माओवादी केन्द्र, सुनकोसी गापा–१ कांग्रेस, त्रिपुरासुन्दरी गापा–१ कांग्रेस, मेलम्ची नपा–३ कांग्रेस, पाँचपोखरी गापा–७ एमाले, पाँचपोखरी गापा–८ एमाले, बाह्रबिसे नपा–२ कांग्रेस, भोटेकोसी गापा–२ दीपेन्द्र श्रेष्ठ, जुगल गापा–२ माओवादी केन्द्र, मेलम्ची नपा–४ कांग्रेस, बलेफी गापा–४ माओवादी केन्द्र, मेलम्ची नपा–५ एमाले र हेलम्बु गापा–३ मा कांग्रेस विजयी भएको छ । रासस