
-रवीन्द्र गौतम/ईमेज
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा जिरेलले माओवादी केन्द्रका निकतम प्रतिद्वन्दी गेल्बु शेर्पाभन्दा ११०६ मतले पछि पारेर विजयी हुन सफल भएका हुन् ।
जिरेलले ३२१२ मत प्राप्त गरेका थिए भने गेल्बु शेर्पाले २१०६ मत प्राप्त गरे । नेपाली काँग्रेसका उम्मेदवार सोनाम शेर्पाले १४०२ मत मात्र प्राप्त गरे ।
उपप्रमुखमा बुढाथोकीले माओवादी केन्द्रकी चित्रमाया दाहालभन्दा १३२७ मतले पछि पारेर विजयी हुन सफल भएकी हुन् ।
बुढाथाकीले ३२६८ मत प्राप्त गरेकी थिइन भने चित्रमाया दाहालले १९४१ मत प्राप्त गरेकी थिइन ।
नेपाली काँग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गरेको दोलखाका मुख्य निर्वाच अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
दोलखाका बिभिन्न गाउँपालिका र नगरका वडाहरुमा नेपाली कांग्रेसले ६ स्थानमा वडा अध्यक्षहरु बिजय प्राप्त गरेको छ भने एमालेबाट ८ स्थान र माओबादीबाट पनि ८ स्थानको वडाध्यक्ष बिजयी भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसबाट विराजमन श्रेष्ठले विजय प्राप्त गरेका छन् । नेपाली कांग्रेसले तामाकोशी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष सहित प्यानल नै बिजयी भएको छ ।
वडा अध्यक्षमा हर्कबहादुर योञ्जन बिजयी भएका छन् । बिजयी हर्कबहादुरको ६२४ मत प्राप्त भएको छ । भने एमाले उम्मेद्धार नरबहादुर कार्कीको ५२० मत प्राप्त भएको छ ।
योञ्जन सहित महिला सदस्यमा सरस्वति कार्की, दलित महिला सदस्यमा तारा बिक, खुल्ला सदस्यमा ओमबहादुर केसी र नानीकाजी तमाङ बिजयी भएका छन् ।
त्यस्तै गाउँपालिका प्रमुखमा भबेन्द्र कार्कीको मत ६६३, ईश्वरचन्द्र पोखरेलको४६०,उपप्रमुख रामचन्द्र पोखरेल माओबादीको ५२५ र उपप्रमुख एमालेको ४९४ रहेको छ ।
यस अघि नै गनिएको मतबाट नेपाली कांग्रेसका उम्मेद्धार तामाकोशी १ बाट महेश काफ्ले बिजयी भएका छन् । काफ्ले ज्ञानेन्द्र केसीलाई हराएका छन् ।
प्रतिक्रिया दिनुहोस्