१ असार २०८२, आइतबार | Sun Jun 15 2025


सुर्खेतमा कांग्रेस-एमाले बराबरीमा, यस्तो छ ताजा परिणाम


0
Shares

-मानबहादुर वली/ईमेज

वीरेन्द्रनगर, पञ्चपुरी, भेरिगंगा, गुर्भाकोट र लेखवेसी नगरपालिका तथा सिम्ता चौकुने, वराहताल र चिङ्गाड गाउँपालिकामा मतगणना कार्य भइरहेको छ ।

विभिन्न वडाहरुको नतिजा भने सार्वजनिक भइसकेको छ । सुर्खेतको विभिन्न स्थानिय तह अन्तर्गत वडाको मतपरिणाम सार्वजनिक हुँदा एमाले र कांग्रेस बराबरी अवस्थामा जित हासिल गर्न सफल भएका छन् । एउटा स्वतन्त्रको प्यानल विजयी भएको छ ।

वराहताल गाउँपालिका वडानम्वर ६ मा भने स्वतन्त्र उम्मेद्वार खगेन्द्र गिरी नेतृत्वको टीम विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका देवकुमार सुवेदी २ हजार ९ सय ३२ मतका साथ पहिलो स्थानमा छन् भने नेकपा एमालेका वालाराम शर्मा २ हजार ९ सय ३१ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यी दुवै उम्मेदवार बीच थोरै मत अन्तरले प्रतिस्पर्धा छ ।

गुर्भाकोट नगरपालिकाको मेयरका प्रतिस्पर्धीमध्ये काँग्रेसका हस्त पुन २ हजार ५ सय २ मतका साथ पहिलो, एमालेका देवबहादुर खत्री २ हजार ३ सय ७० का साथ दोश्रो तथा माओवादी केन्द्रका हिराबहादुर थापा ५ सय २५ मतका साथ तेस्रो रहेका छन् ।

भेरिगगा नगरपालीकामा कांग्रेसका भुपेन्द्रबहादुर चन्दले २ हजार १ सय ४९, एमालेका यज्ञप्रसाद ढकालले १ हजार ८ सय ८६ र माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले ९ सय ८० मत ल्याएका छन् ।

लेकवेशी नगरपालिकामा एमालेका गगनसिंह सुनार ३ हजार ३ सय १३ मतका साथ अगाडि छन् भने काँग्रेसका उमेश पौडेल २ हजार ६ सय ९० मतका साथ दोश्रो स्थानमा रहेका छन् । त्यहाँ माओवादी केन्द्रका खड्ग घर्तीले भने १ हजार ४ सय ४४ मत ल्याएका छन् ।

पञ्चपुरी नगरपालिकामा एमालेका मनबहादुर बिक १ हजार २ सय ३४ मतका साथ अगाडि छन् भने काँग्रेसका उपेन्द्रबहादुर थापा १ हजार १२ मतका साथ दोश्रो तथा माओवादी केन्द्रका धनबहादुर विक ७७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

सिम्ता गाउँपालिकाको एमालेका कविन्द्रकुमार केसी १ हजार ३ सय १४ मतका साथ शीर्ष स्थानमा छन् भने काँग्रेसका खड्ग पोखरेलले ९ सय ८८ मत ल्याएका छन् ।

चौकुने गाउपालिकामा एमालेका धीरबहादुर शाही १ हजार २ सय ३४ मतका साथ अगाडि छन भने काँग्रेसका गजराज जोशी १ हजार ३९ मतका साथ दोश्रो र माओवादी केन्द्रका खड्गबहादुर विक ८ सय ८९ मतको साथ तेस्रो स्थानमा रहेका छन् ।

सुर्खेत चिङ्गाड गाउँपालिकामा काँग्रेसका देवबहादुर चन्द १ हजार ६ सय ४२ मतका साथ अगाडि छन् भने एमालेका बखत खत्री १ हजार २ सय ११ मतका साथ दोश्रो स्थानमा रहेका छन् ।

बराहताल गाउँपालिकामा काँग्रेसका तेजबहादुर बस्नेतले १ हजार २ सय ९९, माओवादी केन्द्रका बलबहादुर कठायतले १ हजार २ सय २ प्राप्त गरेका छन् ।