Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सिन्धुलीको फिकल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका यशोदाकुमारी घिमिरेले दुई हजार ७२३ मत प्राप्त गरिन् ।

यस्तै, फिकल गाउँपालिकाका ६ ओटा वडामध्ये दुईओटा वडाध्यक्षमा नेपाली कांग्रेस र चारओटा वडाध्यक्षमा एमाले विजयी भएको छ ।

वडा नम्बर–१ को वडाध्यक्षमा कांग्रेसका चेतबहादुर विश्वकर्माले ६०० मत तथा वडा नम्बर–६ को वडाध्यक्षमा कांग्रेसकै खड्ग नेपाली ५३० मत ल्याइ विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–२, ३, ४ र ५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नम्बर–२ को वडाध्यक्षमा शंकर भण्डारी ६७३, वडा नम्बर–३ को वडाध्यक्षमा टेकबहादुर रजनमगर ६४७, वडा नम्बर–४ को वडाध्यक्षमा गोपालबहादुर मगर ६६९ तथा वडा नम्बर–५ को वडाध्यक्षमा राजु बराल ५७४ मत ल्याइ विजयी भएका छन् ।

सिन्धुलीका ९ ओटा तहमध्ये पाँच गाउँपालिकाको मतगणनाकार्य सम्पन्न भएको छ ।

कमलामाई, दुधौली, तीनपाटन नगरपालिका तथा सुनकोसी गाउँपालिकाको मतगणनाकार्य चलिरहेको छ । रासस