२ असार २०८२, सोमबार | Mon Jun 16 2025


बागलुङको ताराखोला गाउँपालिकाको प्रमुख–उपप्रमुखसहित सबै वडामा माओवादीको जित


0
Shares

माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डण्डपाणी कँडेलले ९५६ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला पुनले ८४४ मत प्राप्त गरिन् ।

ताराखोला गाउँपालिकाका पाँचओटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर–१ को अध्यक्षमा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोकासहित माओवादी केन्द्रको प्यानल नै विजयी बनेको हो । रासस