२ असार २०८२, सोमबार | Tue Jun 17 2025


काठमाडौंमा एमालेको अग्रता कायमै, ११ स्थानमा मतगणना हुँदै


0
Shares

प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले तीन हजार ४५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले दुई हजार ५३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि ११ स्थानमा मतगणना गर्न थालिएको छ ।

यता काठमाडौँकै नागार्जुन नगरपालिकाको पाँचवटा वडामध्येचारवटा वडामा नेकपा (एमाले) र एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् । ।

वडा नं १देखि ४ सम्म क्रमाशः एमालेका रामचन्द्र लामाले ४२४, खुमबहादुर केसीले ७९१, प्रेमलाल श्रेष्ठले ६२२ र करुणकुमार दलामीले ९१६ मत ल्याई विजयी भएका हुन् भने वडा नं ५ बाट राप्रपाका महेश रिमालले ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको अध्यक्षमा काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८, एमालेका कृष्णहरि खत्रीले दुई हजार हजार ८५६, माओवादी केन्द्रका कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गरेका छन् । रासस