३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


गल्छी गाउँपालिकामा एमाले विजयी


0
Shares

गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले ६ हजार ५१ मत प्रप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कार्कीले पाँच हजार २०७ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा एमालेका राधा तिमल्सिना ६ हजार ८८० मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मीरा झ्यारीले तीन हजार १८४ मत प्राप्त गरिन् ।

८ वडा रहेको गल्छी गाउँपालिकामा ४ नम्बर वडाध्यक्षमात्र कांग्रेसका उम्मेदवार विजयी भए । सो वडाका सदस्य एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य सबै वडामा एमालेका उम्मेदवार विजयी भए ।

विजयी वडाध्यक्षमा वडा नम्बर–१ मा पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल, ३ मा कपिल रेग्मी, ४ मा राजु अधिकारी, ५ मा प्रेम तामाङ, ६ मा राजन श्रेष्ठ, ७ मा हरि खतिवडा र ८ मा भरत तामाङ छन् ।

१५ हजार ५२८ मतदाता रहेको सो गाउँपालिकामा १२ हजार ३९५ जनाले मतदान गरेका थिए ।

गल्छी गाउँपालिकामा कांग्रेस–माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार तय गरी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । रासस