३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


रुकुमका पूरै ६ स्थानीय तहमा माओवादी केन्द्र विजयी


0
Shares

मुसिकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

मुसिकोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम चार हजार ३५० मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र केसीले चार हजार १७४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकै प्रेमकुमारी सुनार चार हजार ४७९ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बालकुमारी गिरीले चार हजार १५८ मत प्राप्त गरिन् ।

आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख दुबै पदमा माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार गोर्खबहादुर केसीले कांग्रेसका धीरेन्द्र बटाला र माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार गीता नेपालीले कांग्रेसकी अनिता बुढालाई पराजित गरेका हुन् ।

यस्तै, चौरहजारी नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका क्रमशः विशाल शर्मा र राधा रोका विजयी भएका छन् । दुबैजनाले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

यसैगरी, त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती र निर्मला विष्ट विजयी भएका छन् । दुबैले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका नरबहादुर पुन कांग्रेसका गोरखप्रसाद चन्दलाई पराजित गरी विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी र मनकला पुन विजयी भएका छन् । उनीहरु दुबैले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

निर्वाचन भएका रुकुमका ७३ वडामध्ये माओवादी केन्द्रले ५८ वडामा जित हात पारेको छ । यहाँ कांग्रेसले १३ र एमालेले दुई वडामा जितेका छन् । रासस