
गएराति सम्पन्न मतगणनाबाट नेकपा एमालेबाट उम्मेदवारी दिएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी भएकी हुन् ।
क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरे ।
त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याइन् ।
जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा एमाले र चारवटा वडामा कांग्रेस विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्