
तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार ध्रुव अधिकारीले आठ हजार ७४२ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार मत ल्याएकी छन् ।
उपप्रमुख पदमा २२ मतको मात्र फरक छ ।
नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् । तार्केश्वर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।
ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्