
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १० हजार २ सय ४५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ६ हजार ६ सय ५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ३ हजार ९ सय ३८ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ३ हजार १ सय ३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १३ हजार ३२ मतसहित अग्रता लिएका छन् । कडा प्रतिस्पर्धा भईरहेको ललितपुरमा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५ सय २ मत प्राप्त गरेका छन् ।
उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १२ हजार ३ सय ६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११ हजार ७ सय ७७ मत प्राप्त गरेकी छन् ।
यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । त्यहाँका एमाले उम्मेदवार मानबहादुर जिसीले १३ हजार ९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १२ हजार ८ सय २३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्