३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


वालिङ नगरपालिकामा नेपाली कांग्रेस विजयी


0
Shares

वालिङ नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका दिलीपप्रताप खाँणले १० हजार ६०० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरे ।

त्यस्तै नगर उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरे ।

वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो ।

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ । (रासस)