
एमालेले मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ । उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।
मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याइ विजयी भएका छन् ।
त्यस्तै, रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याइ विजयी भएका छन् ।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याइ विजयी भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याइ विजयी भएका छन् भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याइ विजयी भएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्