३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नुवाकोटको ककनीमा माओवादी केन्द्र, शिवपुरीमा कांग्रेस विजयी


26
Shares

ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लजिता लामाले तीन हजार ६९७ मत ल्याएकी छन् ।

ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा कांग्रेस विजयी भएको छ ।

ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नम्बर–२ मा नेकपा माओवादी केन्द्रका केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाइँ, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा कांग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडाध्यक्षमा विजयी भएको ककनी गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

शिवपुरीमा कांग्रेस विजयी
नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ ओटा वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका रामकृष्ण थापाले तीन हजार ८१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पदमबहादुर उप्रेतीले तीन हजार ५३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका मञ्जु केसीले तीन हजार ६७६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मंगलमाया प्रजापतीले तीन हजार ५७३ मत प्राप्त गरेकी छन् ।

शिवपुरीमा ८ ओटा वडा रहेकामा ६ ओटा वडामा कांग्रेस र दुईओटा वडामा एमाले विजयी हुन सफल भएको छ ।

वडा नम्बर–१ मा कांग्रेसका महेन्द्रराज खत्री, वडा नम्बर–२ मा कांग्रेसका रुद्रबहादुर गुरुङ, वडा नम्बर–३ मा कांग्रेसकै रामहरि थापा, वडा नम्बर–४ मा कांग्रेसकै झमकराज गुरुङ, वडा नम्बर–५ मा एमालेका सीताराम थापा, वडा नम्बर–६ मा कांग्रेसका लालबहादुर तामाङ, वडा नम्बर–७ मा कांग्रेसका माधवप्रसाद भेटवाल र वडा नम्बर–८ मा एमालेका पदमबहादुर थपलिया वडाध्यक्षमा निर्वाचन भएका छन् । रासस