
एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगन्डकी गाउँपालिकामा विजय प्राप्त गरेको छ भने कांग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेको छ ।
एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भूपराज अधिकारी र उपप्रमुखमा सोही पार्टीका देवी थापा विजयी भएका छन् ।
त्यस्तै, एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनासको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगन्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी भएका छन् ।
कांग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् ।
त्यस्तै, कांग्रेसबाटै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी भएका छन् ।
११ ओटा स्थानीय तह तथा ९७ ओटा वडा रहेको स्याङ्जामा नेकपा एमाले नगरपालिका तथा गाउँपालिकाको प्रमुख/अध्यक्षमा सात, उपाध्यक्षमा ८ र वडाध्यक्षमा ५७ मा विजयी भएको छ ।
नेपाली कांग्रेस प्रमुख/अध्यक्ष चार, उपाध्यक्ष तीन र वडाध्यक्ष ३९ मा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र एउटा वडामा विजयी भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्