
थप तीनओटा वडाको मतगणना शुक्रबार सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए । उनकाअनुसार वडा नम्बर–५, ६ र ७ को मतगणना गर्न थालिएको हो ।
यसअघि, महानगरका वडा नम्बर–२ देखि ४ र वडा नम्बर–२५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो ।
अहिलेसम्म वडा नम्बर–१ र २ को मतमणनामात्र सकिएको छ ।
यसैगरी, कामपाको मतगणनामा अहिलेसम्म नेकपा एमालेको अग्रता कायमै छ ।
महानगरपालिका प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले एक हजार तीन सय १० मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई ८६, राप्रपाका राजाराम श्रेष्ठले ६ हजार दुई सय ४६ र साझा पार्टीकी निरुपमा यादवले दुई हजार एक सय ९५ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्