
कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।
महानगरमा कुल खसेको १ लाख २५ हजार ९ सय ३२ मतमध्ये ११ वटा वडाको ३१ हजार ३ सय ७० मतको मात्रै अन्तिम नतिजा आएको छ ।
नतिजा सार्वजनिक भएको ११ मध्ये कांग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने एमालेले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ ।
मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
उनका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्