Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


यु–२१ राष्ट्रिय फुटबल टोली घोषणा


0
Shares

काठमाडौं, फागुन १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय यु–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ ।

यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेन्डरमा राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ, प्रोजन तामाङ छन् ।

कप्तानको जिम्मेवारी भने कसैलाई पनि तोकिएको छैन । रासस