५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


वीरगन्ज र विराटनगरलाई महानगर बनाइँदै


0
Shares

विराटनगर र वीरगन्ज उपमहानगरमा थप नगर र गाउँपालिका मिलान गरी महानगर बनाउने तयारी भएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिब दिनेश थपलियाका अनुसार महानगरको मापदण्ड पुर्याउन उपमहानगरसँग जोडिएका गाउँपालिका र नगरपालिकालाई गाभिदैछ ।

त्यसरी गाभिएपछि घट्ने गाउँपालिका र नगरपालिका बराबर अरु तह थप गर्ने मन्त्रालयको तयारी छ । तर, कतिवटा गाउँपालिका र नगरपालिका गाभिने भन्ने अझै टुंगो लागेको छैन् ।

महानगरपालिकाका लागि तीन लाख जनसंख्या आवश्यक पर्छ । विराटनगर र वीरगन्जमा तीनलाख जनसंख्या पुग्दैन् । बार्षिक आम्दानी ४० करोड रुपैंया हुनुपर्ने मापदण्ड पनि छ ।

स्थानीय विकास मन्त्रालयले स्थानीय तहको संख्या ७४४ मा नबढाउने गरी छलफल चलाएको छ । तर, शनिबार त्यसबारे मधेसकेन्द्रीत दलहरुसँगको छलफल भने विनानिष्कर्ष टुङ्गिएको छ । –नयाँ पत्रिका दैनिकबाट