
मच्छिन्द्रनाथको भोटो भने अब साइत हेरेर देखाइनेछ । मणिमाणिक्यजडित भोटो प्रदर्शनमा राष्ट्रप्रमुख पनि उपस्थित हुने परम्परा रहेको छ ।
ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुर्याइएको हो । यो जात्रा लिच्छविकालदेखि नै निरन्तर चलिरहेको छ ।
त्यसबेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा यो जात्रा मनाइने प्रचलन रहेको हो ।
रथ तान्न सुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा दुई महिना लाग्ने भएकाले यस जात्रालाई नेपालकै लामो जात्राकारुपमा पनि लिइन्छ ।
१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयकोरूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धकारूपमा पूजा गर्ने गर्छन् ।
जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्याउने परम्परा छ ।
रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्