५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


काठमाडौं महानगरपालिका–१९ मा कांग्रेसको प्यानलै विजयी


0
Shares

अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा रेणुकमल शाहीले एक हजार २३१ मत प्राप्त गरेकी छन् ।

दलित महिला सदस्यमा भने कांग्रेसका तर्फबाटै रञ्जिता परियार निर्विरोध निर्वाचित भइसकेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

खुला सदस्यमा कांग्रेसकै तर्फबाट चन्द्रमान डंगोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भएका छन् ।

हालसम्ममा कामपा–१, २, ३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न भइसकेको छ ।

हाल ४, ६, ७, ८, ९, १३, १५, १७, १८, २०, २१, ३१ र ३२ वडाको मतगणना जारी छ । रासस