५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


एमाले इलामले उम्मेदवारको टुंगो लगायो


0
Shares

आकांक्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो ।

एमाले प्रचार समिति इलामका सचिव नवराज शंकरकाअनुसार १० ओटै तहका प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणासँगै सम्पूर्ण कार्यकर्ता चुनावी प्रचार–प्रसारका लागि गाउँगाउँ जान थालेका छन् ।

एमालेले ८१ ओटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी एक साताअघि नै घोषणा गरिसकेको छ ।

एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार घोषणा गरेको हो ।

यसैगरी, रोङ गाउँपालिकको अध्यक्षमा बृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको प्रमुखमा दीपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षको नाम घोषणा हुन बाँकी छ ।

यस्तै, माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकको अध्यक्षमा दीपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोखरेल र उपप्रमुखमा पविमाया राई र इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङलाई उम्मेदवार घोषणा गरिएको हो । रासस