६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा


0
Shares

बत्तीस वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेकी छन्।

उनले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् । रासस