२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मकवानपुरका तीन पत्रकार बने जनप्रतिनिधि


0
Shares

पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा होमिएका नेपाली कांग्रेसबाट एक, नेकपा एमालेका तर्फबाट तीन र नेकपा माओवादी केन्द्रबाट एकमध्ये एमालेका कुमार नेगी थाहा–३ को वडाध्यक्षमा, ध्रुवराज ढकाल र सन्तोष न्यौपाने हेटौँडा–१० को वडाध्यक्षमा पराजित भएका हुन् ।

युवा पुस्ताका पत्रकार सवीन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न सङ्घसंस्थामा सक्रिय हुनाले काँग्रेस हेटौँडा १ नं एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । उनी साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादकसमेत हुन् ।

सिग्देल ‘हेटौँडा टुडे’का सम्पादक र रिमाल ‘थाहा सन्देश’मा आबद्ध प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । (रासस)