
जसमा काठमाडौं र भरतपुर महानगरपालिका एवं चाँगुनारायण नगरपालिका रहेका छन् ।
शनिबार दिउँसो साढे ४ बजेसम्मको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६० मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार ५ सय ३७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २२ हजार ३४५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १७ हजार ५९९ मत प्राप्त गरेका छन् ।
यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३७ हजार ९ सय ६० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ४ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।
यता, भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस्