६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


काठमाडौं महानगरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी


0
Shares

उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । काठमाडौंको मत गणना सकिएपनि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

एमाले उम्ेदवार शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मतअन्तरले हराएका हुन् । यसैगरी कांग्रेसकी खड्गीले उसैगरी राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले पराजीत गरिन् ।

काठमाडौंमा एमाले र राप्रपाको बीचमा चुनावी तालमेल भएको थियो भने नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

तेस्रो स्थानमा विवेकशील नेपाल पार्टीकी रञ्जु दर्शना रहेकी छन् । चौथो स्थान भने साझा पार्टीका किशोर थापा रहे ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३९ हजार ७ सय ५० मतसहित अग्रस्थानमा छन् ।

उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३८ हजार ६ सय ५ मत ल्याएर पछ्याई रहेकी छन् ।