
परिणाम सार्वजनिक भएलगत्तै मतदाताहरुलाई धन्यवाद दिंदै विजयी उम्मेदवारद्वय विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गीले चुनावी प्रतिस्पर्धा सकिएकाले अब सबै मिलेर महानगरपालिकाको विकासमा जुट्ने प्रतिवद्धता जनाएका हुन् ।
महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य भएका हुन् भने उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी हुन् ।
शाक्य ६४ हजार ९१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका छन् ।
शाक्यले १९ हजार ६४४ मतले जोशीलाई पराजित गरेका हुन् । उपमेयरमा हरिप्रभा खड्गी ५८ हजार ९५२ मत ल्याई विजयी बनेका हुन् भने उनको निकटतम प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका हुन् ।
मेयरको तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाइन् भने साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्