
गणतन्त्र दिवस २०७४ को पूर्वसन्ध्यामा आइतबार (आज) रेडियो नेपालको प्रांगणमा भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले आफ्नो गीत प्रस्तुत गरेका थिए ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सन्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकको गणतन्त्र स्थापनामा रेडियो नेपाल र लोकगीतको ठूलो भूमिका रहेको बताए । उनले भने–‘नेपालको लोकगीत बचाउन रेडियो नेपालको ठूलो भूमिका रहेको छ ।’
उनले लोकगीत र लोक संस्कृतिको संरक्षणमा रेडियो नेपालको ठूलो भूमिका रहेको भन्दै यसलाई प्रविधियुक्त बनाउनु जरुरी रहेको उल्लेख गरे ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले गणतन्त्रको मूल मर्म लोकसंस्कृति र कला भएकाले यसको विकासका लागि रेडियो नेपाल सधँै कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा लोकगायक एलपी जोशी, मीरा राणा, जेवी टुहुरे, तीर्थकुमारी थापा, जीवन शर्मा र रचना जीसीलगायत २१ जना गायकले आफ्नो गायन प्रस्तुत गरेक थिए । रासस
प्रतिक्रिया दिनुहोस्