
शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थलमा माओवादीका कार्यकर्ता प्रवेश गरी मतपत्र च्यातिदिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
प्रहरीले मतपत्र च्यात्ने दुई जनालाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले घटनाबारे निर्वाचन आयोगलाई प्रतिवेदन दिएपछि आगामी कारबाही अघि बढ्ने बताएका छन् ।
नेकपा एमालेका भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दुःख व्यक्त गरे ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सुरुको वडादेखि नै पुनः मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गडबढी भएकोलगायतका विषय उठाएर मतगणना भइरहेको मतपत्र च्यातेको बताइएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्