६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


गुल्मीमा कांग्रेसले उम्मेदवारको नाम टुंगो लगायो


0
Shares

नेपाली कांगेस बीपी स्मृति भवन, तम्घासमा बसेको पटक–पटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुंगो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताएका छन् ।

पार्टीबाट टुंगो लगाइएका उम्मेदवारहरुमा रेसुंगा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर, मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटा रहेका छन् ।

गाउँपालिकाहरुमा कालीगन्डकी गाउँपालिका प्रमुखमा बेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल, रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी, ईश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारी रहेका छन् ।

कांग्रेसले स्थानीयस्तरमा एमालेबाहेकका अन्य दलसँग तालमेलका लागि छलफल सुरु गरेका कारण रुरु गाउँपालिकामा गाउँपालिका प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इस्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुख गरी एक प्रमुखसहित चार उपप्रमुखका लागि नाम सार्वजनिक गरेको छैन ।

वडाहरुमा भने सोमबार (आज) बेलुकीसम्म सबै उम्मेदवारको नाम टुंग्याइसक्ने पार्टी सचिव पन्थीले बताएका छन् ।

स्थानीयस्तरमा माओवादीसँग केही गाउँपालिकामा तालमेलका लागि छलफल जारी रहेका कारण एक/दुई स्थानमा प्रमुख तथा उपप्रमुखको नामावली फेरबदल हुनसक्ने बताइएको छ ।

कांगे्रसबाहेकका अन्य दलले यसअघि नै नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । रासस