६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


यी हुन् भरतपुरमा मतपत्र ‘च्यात्ने’, प्रहरीले मुख खोल्यो


0
Shares

सोमबार राति ११ बजेर ४४ मिनेटको समयमा भरतपुर महानगरपालिकाको वडा नम्बर–१९ को मतगणनाकार्य भइरहेको अवस्थामा मतपत्र च्यात्नेकार्य गरेकाले नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र माओवादी केन्द्रकै राष्ट्रिय महाधिवेशन आयोग समितिका अध्यक्ष द्रोण सिवाकोटीलाई पक्राउ गरेको पुष्टि गरेको हो ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उल्लेख सूचनामा भनिएको छ–‘भरतपुर महानगरपालिका–१० स्थित कभर्डहलमा सोही महानगरपालिका वडा नम्बर–१९ को मतगणनाकार्य भइरहेको अवस्थामा मतगणनामा खटिएका नेकपा माओवादी केन्द्रका प्रतिनिधि भरतपुर महानगरपालिका–१ रामनगर बस्ने ३६ वर्षीय मधु न्यौपाने र राष्ट्रिय महाधिवेशन आयोग समितिका अध्यक्ष सोही महानगरपालिका–११ बसेनी बस्ने ४३ वर्षीय द्रोण सिवाकोटीले मतपत्र च्यातेपश्चात उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।’

साथै, प्रहरीले घटनालगत्तै मतपत्र च्यातेको विषयमा विवाद भएपछि सम्झाइ–बुझाइ गर्नेक्रममा प्रहरीमाथि हातपात गर्ने नेकपा एमाले जिल्ला कमिटी सदस्य चितवन, भोजाड बस्ने ४५ वर्षीय गंगालाल लामालाईसमेत पक्राउ गरिएको उल्लेख गरेको छ ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।