Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


भारतविरुद्धको अन्तिम खेल झिनो अन्तरले न्यूजिल्याण्डले जित्यो


0
Shares

काठमाडौं । भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलमा चार रनको झिनो अन्तरले पराजित गर्दै न्यूजिल्याण्डले तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला २–१ ले जितेको छ ।

ह्यामिल्टनमा भएको खेलमा दुई सय १३ रनको चुनौति पछ्याएको पाहुना टोली भारतले ६ विकेटको क्षतिमा दुई सय आठ रनमात्र बनाउन सकेपछि चार रनको झिनो हार बेहोरेको हो ।

दिनेश कार्तिक र क्रुनाल पान्ड्याले सातौं विकेटका लागि २८ बलमा अविजित ६३ रनको साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् ।

दिनेशले १६ बलमा ३३ तथा क्रुनालले १३ बलमा २६ रन बनाए । यसअघि न्यूजिल्यान्डले ४ विकेटको क्षतिमा दुई सय १२ रन जोडेको थियो । कोलिन मुनरोले ४० बलमा ७२ रन बनाए ।

एक दिवसीय श्रृंखला ४÷१ ले गुमाएको न्यूजिल्याण्डले ट्वेन्टी ट्वेन्टी जितेको हो ।

यो हारसँगै भारतको लगातार १० वटा ट्वेन्टी ट्वेन्टी श्रृंखला जित्ने सपनामा पूर्णविराम लागेको छ । रोहित शर्माको कप्तानीमा भारतले पहिलो पटक ट्वेन्टी ट्वेन्टी श्रृंखला हारेको छ ।