६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे आज प्रतिवेदन बुझाइने


0
Shares

सह-न्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित समितिले भरतपुर पुगेर घटनाबारे छानबिन गरेपछि आज आफ्नो प्रतिवेदन बुझाउने भएको हो ।

समितिले दुई दिन चितवनमै बसेर घटनाबारे छानबिन र अनुसन्धान गरेको थियो । समितिले त्यहाँका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, निर्वाचन कार्यालयका प्रतिनिधिलगायतसँग घटनाबारे जानकारी लिएको थियो ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला आइतबार राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो ।

समितिले प्रतिवेदन बुझाएपछि मतगणना अघि बढाउने या पुनः निर्वाचन गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने छ ।