६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


दोस्रो चरणको निर्वाचन फेरि सर्‍यो, असार १४ गते हुने


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो ।

मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति पर सारेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

यसअघि, जेठ ३१ का लागि घोषित दोस्रो चरणको निर्वाचनलाई मन्त्रिपरिषद बैठकले असार ९ मा सारेको थियो ।

मुस्लिम समुदायका अगुवाहरुले प्रधानमन्त्री दाहाललाई भेटेर रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव गर्न आग्रह गरेका थिए ।

सरकारले मुस्लिम समुदायको भावनाअनुसार निर्वाचनको मिति पर सार्नुपरेको जनाएको छ ।

यसैगरी, मन्त्रिपरिषद बैठकले श्रीलंकाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

muslim